Ultimate magazine theme for WordPress.

आयोग बनाएर दरबार हत्याकाण्डको छानबिन हुँदै

225

काठमाडौं, १० पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले जनआन्दोलनका उपलब्धि र राजनीतिक दलकाविरुद्ध बोल्दै हिडेको भन्दै सरकारले १५ वर्षपछि उक्त घटनाको आयोग बनाएर छानबिन गर्ने भएको हो ।

नारायणहिटी दरबारभित्र ०५८ जेठ १९ गते राति गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा त्यसअघि पूर्वराजा शाहले सार्वजनिक गरेको वक्तव्यमाथि छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको आयोग बनाएर सरकारले चाँडै पुन : छानबिन गर्ने बताएका थिए ।

शनिबार दाङमा आयोजित पत्रकार भेटघाटमा पनि प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठनको तयारी थालेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक सरकारको नेतृत्व गर्दा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

उक्त हत्याकाण्ड शंकास्पद रहेको भन्दै सरकारले आयोग बनाई गहिरो रुपमा छानबिन गर्न लागेको सरकारका एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार सत्तारुढ कांग्रेस र अन्य बुद्धिजीवीसँग अनौपचारिक छलफल थालेका छन्
यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवाले भने तत्काल छानबिन गर्न नहुने जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले जनायो । स्रोतका अनुसार अन्य राजनीतिक दलसँगको परामर्शपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने देउवाको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले केही पुराना राजनीतिक व्यक्ति र बुद्धिजीवीसँगको छलफललाई तीव्रता दिएका छन् ।

यता गृहमन्त्री बिमलेन्द्र निधिले पनि उक्त घटनाबारे छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल थालेको जनाएको छ ।

आवश्यक गृहकार्य गरी सरकारले उक्त हत्याकाण्डको छानबिन गर्न समिति बनाउने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.