Ultimate magazine theme for WordPress.

आमिर र संजयको बक्स अफिसमा भिडन्त

104

चलचित्र ‘भूमी’बाट नायक संजय दत्तले कमब्याक गर्दैछन् । जेल जीवनबाट बाहिर आएपछि संजयले यो चलचित्रमा काम गर्दैछन् । छायांकन सुरु नहुँदै यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।

यो चलचित्र आउँदो बर्षको अगष्ट ४ तारिखबाट रिलिज हुने भएको छ । ‘मेरी कोम’ निर्देशक उमंग कुमारले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् ।
भुषण कुमारको ब्यानरमा यो चलचित्र बन्दैछ । निर्देशक उमंगले मिडियासँग भने-‘हामीले छायांकन सुरु नगरेपनि तोकिएको मितिमा प्रदर्शन गर्छौ भन्ने लागेको छ । टाइट सेड्यूलमा काम गर्दा अझ राम्रो प्रोडक्ट निस्कन्छ भन्ने मलाई लाग्छ ।’

यहि, मितिमा नायक आमिर खानको बिशेष भूमिका रहेको चलचित्र ‘सेक्रेट सुपरस्टार’ पनि रिलिज हुँदैछ । यसको एक सातापछि नायक साहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘द रीङ’ रिलिज हुँदैछ । आउँदो बर्ष संजय दत्त र आमिर खानको बक्स अफिसमा भिडन्त हुने पक्का छ ।

Leave A Reply

Your email address will not be published.