Ultimate magazine theme for WordPress.

आन्दोलनको थप रणनीति बनाउन संघीय गठबन्धनको बैठक बस्दै

66
काठमाडौँ, चैत्र ३ : मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनको बैठक आज बस्दैछ । माग सम्बोधनमा सरकार गम्भिर नभएको भन्दै समर्थन फिर्ता लिदै आन्दोलनमा जाने निर्णय गरेको मधेशी मोर्चाले त्यसलाई राष्ट्रिय स्वरुप आदिवासी जनजाति दल सम्मिलित गठबन्धनसंग बैठक गर्न लागेको हो ।
काठमाण्डौको तीनकुनेस्थित संघिय समाजवादी फोरमको केन्द्रिय कार्यलय बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । स्थानीय निर्वाचन घोषणा फिर्ता र संशोधन प्रस्ताव पारित गर्नुपर्ने आफ्ना मागमा सरकार गम्भिर नदेखिएको भन्दै मधेशी मोर्चाले चैत १५ गते जिल्लास्थित निर्वाचन कार्यक्रम घेराउ लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
गठबन्धनसंगको बैठकले आन्दोलनलाई राष्ट्रिय स्वरुप दिएर देशव्यापी रुपमा बनाउने, स्थानीय निर्वाचनको विरोध र संशोधन प्रस्तावका बिषयमा जनदबाब सिर्जना गर्ने लगायतका कार्यक्रम सार्वजनिक हुने मोर्चाका एक नेताले बताए ।
बैशाख ३१ गतेका लागि तय स्थानीय निर्वाचन अगाडी संशोधन प्रस्ताव अघि बढ्ने संकेत नदेखिएपछि मधेशी मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।

Leave A Reply

Your email address will not be published.