Ultimate magazine theme for WordPress.

आत्मनिर्भरताको लागि बीउ बैंक स्थापना

107

महोत्तरी, माघ ७ : महोत्तरी, सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन्। बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापना गरेका हुन्।

नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन्।

जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउm उपलब्ध गराएको गढीमाई सहकारीका अध्यक्ष सत्यनारायण यादवले बताए। यसअघि यहाँका किसान भारतीय बजारको बीउमा निर्भर थिए। सो बीउ बैंकको पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हालै उद्घाटन गरेका थिए।

‘बजारको बीउमा धेरैपटक ठगियौँ, लगानी नै डुब्यौं’ स्थानीय विजयकुमार महतोले भने। बीउ भण्डारण स्थापना भएपछि किसानलाई बीउ खरिद गर्न सजिलो भएको छ। उत्पादनका लागि बीउ भण्डारण कक्ष, पावर टेलर, बीउ ग्रेडिङ गर्ने मेसिन, सिड ड्रिललगायतका करिब रु १० लाख बराबरको उपकरण सहकारीमार्फत किसानलाई उपलब्ध गराएको जिल्ला कृषि कार्यालय प्रमुख सुकेश्वर झाले बताए।

अहिले यहाँ रातो बासमती, सोवरण सब एक, राम, हर्दिनाथलगायत धानका बीउ तयार गरिँदैछ। यो वर्ष ८० क्विन्टल धानको बीउ भण्डारण गर्न लागिएको सहकारीले जनाएको छ। रासस

Leave A Reply

Your email address will not be published.