Ultimate magazine theme for WordPress.

अभिमुखिकरण तथा जनचेतना रयाली कार्यक्रम सम्पन्न

93
दिपेन्द्र गिरी
पर्सा, २६ मंसिर ÷ बिरगंजमा अभिमुखिकरण तथा जनचेतना रयाली  कार्यक्रम सम्पन्न भएको छ । बिरगंजको आदर्शनगर स्थित रहेको जैन भवनमा अभिमुखिकरण तथा जनचेतना रयाली  कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण तथा जनचेतना रयाली कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले आफ्नो मन्तव्य राख्नका साथ कार्यक्रम सम्पन्न भएको थियो । मेयर सरावगीले बताए अनुसार मिति २०७५ पुष १७ गते देखि बिरगंज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र तथा प्लास्टिकजन्य पदार्थ नियन्त्रण क्षेत्र गर्न समुदाय÷प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत अभिमुखिकरण तथा जनचेतना ¥यालि कार्यक्रमको सुरुवात गरिएको सरावगिले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज साह लगायत सयौ जनाको संख्यामा प्रहरी, राजनीतिकर्मी, पत्रकारहरुको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.