Ultimate magazine theme for WordPress.

अभिभावक सम्मान कार्यक्रम सम्पन्न

46

उमेश दुबे
पर्सा, २५ फाल्गुन / श्री नेपाल अधारभूत बिधालयमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा नम्बर २६ सुगौली स्थित रहेको श्री नेपाल अधारभूत बिधालयमा ४० जना अभिभावकलाई सम्मान गरिएको हो ।
बिरगंज महानगरपालिकाका अध्यक्ष बिजय सरावगीको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पान भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सरावगीले बिधालयमा पढ्ने बिद्यार्थीहरूलाइ पढाइबाट बन्चित हुन नदिन बताउनु भयो । उहाले हाम्रो देशको कर्णधारको रूपमा रहेका बिद्यार्थीहरूलाइ पढाइबाट बन्चित गर्न अभिभावक नै रहेको र यस्ता कार्य कदापी नगर्न अपिल गर्नु भयो ।
कार्यक्रमको सभापतित्व बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शिवनारायण मिश्रले गर्नु भएको थियो भने वडा अध्यक्ष शम्भु मिश्र र प्रधानाध्यापक बिजेन्द्र ठाकुरले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.