Ultimate magazine theme for WordPress.

अपडेट- हेटौडा तनाबग्रस्त : आन्दोलनकारी र प्रहरी घाइते, स्थिति सामान्य बन्दै

128

हेटौडा, माघ ६ : हेटौडा सडक विस्तारका क्रममा झडप हुदा केहि प्रहरी र आन्दोलनकारी घाइते भएका छन् | हेटौडाको राप्तिरोड़मा रहेको भण्डारी मेडिकलको भवन भत्काउदै गर्दा आन्दोलनकारीले बिरोध गर्न थालेपछि प्रहरीले चारैतिरबाट घेरा हाली काम संचालन गरिरहेको थियो |

प्रदर्शनकारीले ढुंगामुडा गर्न थालेपछी प्रहरीले लाठीचार्ज गर्दै असुलग्यास समेत प्रहार गरेको छ | दोहोरो झडपमा २ प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन | आन्दोलनकारीले बाटोमा टायर बालि प्रदर्शन गरिरहेका छन् |

केहि समय तनाबग्रस्त बनेको हेटौडा बजार सामान्य बन्दै गैरहेको प्रहरीले जनाएको छ | 

Leave A Reply

Your email address will not be published.