Ultimate magazine theme for WordPress.

४८ घण्टा भित्रै शिशु उद्धार गर्ने प्रहरीलाई फोरम नेपालद्वारा धन्यवाद

92

वीरगन्ज,२१ माघ : नारयणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको ४८ घण्टा नवित्दै बच्चाको सकुशल उद्धार गरी पर्सा प्रहरीले प्रशन्सनिय कार्य गरेको संघिय समाजवादी फोरम नेपाल पर्साले जनाएको छ ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आइतबार एक प्रेस विज्ञाप्ती प्रकासि गरी वीरगन्जको नारायणी उपक्षेत्री अस्पतालबाट जन्म भएको तीन घण्टा नवित्दै चोरी भएको बालकलाई पर्सा प्रहरीले कुशल उद्धार मात्र नगरी बच्चा चोरी गर्ने महिलालाई समेत नियन्त्रणमा लिइ समाजमा शान्ति सुरक्षाको अवस्थलाई बलियो बनाएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गोविन्द कुमार साह लगायत जिल्ला प्रहरी कार्यालयका अधिकारीले दिन रात लागी चोर िभएको बच्चालाई पर्साको बेलवाबाट उद्धार गरी चोरीमा संलग्न रेहेकी महिला लाई समेत नियन्त्रणमा लिई जिल्ला बासिको मन जिकेको फोरम नेपालको ठम्याई रहेको छ ।

विगतका दिनमा अपहरण भएको महिनौं वित्दा समेत अपधरीको पत्ता नलागने र फिरौति तिरी अपहरी घर फिर्ता हुने अवस्थलाई चिर्दै उपरिक्षक साहलका सुझबmुझ र जनताप्रतिको जिम्मेवारीका कारण ४८ घण्टा भित्रै नवजात शिशुलाई आमाको कारणमा पुगाई जिल्लाबासिको सुवेझा पाएको विज्ञप्तीमा उलेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी उपरिक्षक गोविन्द साहले जिल्लाको सुरक्षाव्यवस्थालाई सवल र जिल्लामा रहेका अपराधीका कृयाकलाप नियन्त्रणमा फोरम नेपाल सधै साथ दिने विज्ञप्तीमा जनाइएको छ । नवजात शिशुलाइ उद्धार गर्ने सुरक्षाकर्मीहरुलाई धन्यावद दिदै जिल्लाको अपराध नियुनिकरणका प्रहरीले सधै अग्रणि भुमिका निर्वाह गर्ने विश्वास रहेको उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.