Ultimate magazine theme for WordPress.

हुन्डी कारोवार गर्ने अभियोगमा भारतीय नागरिक पक्राउ

72

पर्सा, १२ जेष्ठ / पर्सा प्रहरीले हुन्डी कारोवार गर्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ आइरहेको भारतीय नागरिकलाई रोकी चेकजाच गर्दा ९ लाख ५० हजार रकम सहित पर्सा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
बिहिवार साझ करिब ६ बजेको समयमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट ९ लाख ५० हजार सहित भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाले भारतको रक्सौलबाट वीरगंजतर्फ आउदै गरेको प्रदेश ३—०२—०११ प ८६२७ नम्बरको पलसर मोटरसाइकल रोकी चेकजाच गर्दा लुकाई छिपाइ राखेको अवस्थामा ९ लाख ५० हजार रकम बरामद भएको बताउनु भयो । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण बेतिया जिल्ला थाना गुर्वालिया कचहरी वडा नम्बर ४ बस्ने ४१ ब्र्षिय संजय राम रहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकरी दिनुभयो । पक्राउ परेको भारतीय नागरिक राम माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको खनालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.