Ultimate magazine theme for WordPress.

हावाहुरीले बारा र पर्सा जिल्लामा धर्जनौ घर ध्वस्त

157

उमेश दुबे
पर्सा, ८ जेष्ठ / आज आएको भीषण हावाहुरीले गर्दा बारा र पर्सा जिल्लाको विभिन्न ठाउहरूमा घर टहरा ध्वस्त भएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार आज आएको हावाहुरीले गर्दा बारा र पर्सा जिल्लामा मान्विय क्षति नभएपनी घरको छाप्रो सहित दर्जनौ घरहरू ध्वस्त भएको हो ।
पर्साको बिरगंज माहानगरपालिका वडा नम्बर १८ भवानिपुर निवासी जमदार देवान, बिजय पटेल, श्रवण महतो लगायत ७ जनाको घर हवाहुरीले ध्वस्त पारेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरले जनाए अनुसार मानविय क्षति नभएपनी ७ जनाको घर हावाहुरीले ध्वस्त भएको प्रहरीले बताएको छ ।
यता बारा जिल्लाको मटिअर्वा चौकमा पसल थापेर बस्दै आएका धनिलाल साहको घर ध्वस्त भएको स्थानियले जानकारी दिएका छन । स्थानियले जनाए अनुसार हावहुरीले घरको छाप्रो उडाएर लगेपनी जिल्ला प्रहरीको कन्ट्रोलमा फोन गर्दा प्रहरीले फोन नउठाएको आरोप समेत लगाएका छन । स्थानियले जनाए अनुसार मानवीय क्षति नभएपनी घरको छाप्रो उडाएर लगेको बताएका छन । समाचार लेखुन्जेल बारा र पर्साको विवरण अझ पनि आउन बाकी रहेको प्रहरीले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.