Ultimate magazine theme for WordPress.

स्व. सिंहको पुण्य तिथी वीरगंजमा मनाईयो

102
वीरगंज, १० माघ – मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बाािर्षक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष भागरिथ मुखिया बिनको सभापतित्वमा आयोजित सो कार्यक्रममा पार्टीका नेताहरुले स्व. सिंहको तस्बिरमा माल्र्यपन गरी स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शिव पटेलले स्व.सिंह प्रति आस्था राख्ने र वहाँको बिचार संग सहमत सम्पुण सदभावना प्रेमीहरु एक जुट हुन आग्रह गर्दै स्व.सिंहको आत्माको चिर शान्तिको लागि र मधेस आन्दोलन र यसका उपलब्धिहरुलाई संस्थागत गर्न सम्पुर्ण सदभावना नाम जोडिएका पार्टीहरुलाई एक ढिका हुन आग्रह गरेका थिए  ।
कार्यक्रममा पार्टीका अर्का महासचिव श्रीमननारायण मिश्र, केन्द्रिय सदस्य संजय पाण्डे, पर्सा जिल्ला सचिव कृष्णा पटेल, नगर अध्यक्ष भरत ,महिला उपाध्यक्ष मुनी श्रीवास्तव, जिल्ला कार्य समिती सदस्य बिशाल घिमिरे,सत्यनारायण रौनियार, प्रदिप यादव, क्षेत्रिय अध्यक्ष राजनारायण प्रसाद कुर्मी,महिला नेतृहरु संगीता तिवारी, सुनीता अग्रवाल लगायतको उपस्थिती रहेके थियो ।

Leave A Reply

Your email address will not be published.