Ultimate magazine theme for WordPress.

स्वतन्त्र उम्मेदवार पटेललाई मतदाताले लगाए बिजयीको टिक्का

55

पर्सा, २६ कात्तिक / पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)का जनताले स्वतन्त्र उम्मेदवार पटेललाई अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका छन । निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेलले शनिवार गरेको घरदैलोमा मतदाताहरुले अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका हुन ।
निर्वाचनको समयमा ठुलो ठुलो भाषण गर्ने पार्टीका नेताहरु हालसम्म यस क्षेत्रको विकासको निम्ति केही गर्न नसकेको आरोप लगाउदै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्र युवा उम्मेदवार सुधिर पटेललाई निर्वाचित गराउने वाचा संगै मतदाताहरुले अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका छन । निर्वाचनको समयमा घरदैलो गर्दै यस क्षेत्रको विकास गर्ने वाचा संगै निर्वाचित हुने नेताहरु दोहरयाएर उक्त क्षेत्रमा आउने नगरेको कारण यसपालि स्वतन्त्र उम्मेदवार पटेललाई रोजने मतदाताहरु बताउछन ।
शनिवार पर्सा जिल्लाको क्षेत्र नम्बर १(क) मा पर्ने बेलवा, भेडियाही, नयाटोला, गुलरीया, मिलनचौक लगायतको ठाउमा स्वतन्त्र युवा उम्मेदवार घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए । स्वतन्त्र उम्मेदवार पटेलको घरदैलो कार्यक्रममा दिनप्रति बढ्दै गएको सहभागिताले विजयी हुने निश्चित देखिन थालिएको छ ।
एक जना मतदाताका अनुसार यस क्षेत्रका जनताको लागि, पठन पाठनको लागि, विकासको लागि, युवा समाजको लागि, कृषकहरुका लागि निरन्तर अवाज उठाउदै आएका युवा नेता सुधिर पटेल बाहेक यस क्षेत्रमा कुनै बिकल्प नरहेको बताए । आफ्नो कार्यकाल जस्तो सुकै गुज्रिरहेपनि आफ्नो पिडिको विकास, आफ्नो समाजको विकास, बिधार्थीहरुको विकास, कृषकहरुका विकासका लागि स्वतन्त्र युवा उम्मेदवार सुधिर पटेललाई नै रोजने एक वृद्धले क्षेत्र नम्बर १ (क) जनतालाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.