Ultimate magazine theme for WordPress.

सूचनाको माङ्ग गर्दा सुचना अधिकारीले पत्रकार माथी गरे दुरव्यवहार

221

पर्सा, २६ फाल्गुन /
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र सञ्चालित तौलपुलको विषयमा सूचना माग्न गएका कान्तिपुर संवाददाता तथा वरिष्ठ पत्रकार उप्रेन्द्र ठाकुर माथि त्यहा सुचना अधिकारीले दुरव्यवहार गरेका छन् ।
सुचना संकलनका लागि निकु्््न्ज पु्गेका उपेन्द्र ठाकुर माथि सुचना अधिकारी अशोककुमार रामले दुरव्यवहार गरेका हुन् । तराई यातायातले मध्यवर्ती क्षेत्रमा सञ्चालन गरको तौलपुल कुन प्रक्रिया अन्र्तगत निमार्ण भई सञ्चालनमा आएको भन्ने विषयमा सुचना दिन नमानेको र क्यामरा निकालेर त्यहाको दृष्य संकलन गर्दा क्यामरा माथि हात हाल्दै क्यामरा फुटाउने धम्की दिनुका साथै अभद्र भाषा प्रयोग गर्दै गुण्डा लगाईदिने धम्की समेत दिएका छन् । तराई यातायात व्यवसायी संघले मध्यवर्ती क्षेत्रभित्र सञ्चालन गरेको तौलपुल नियमविपरित भएको र उक्त कार्यमा पर्सा राष्ट्रिय निकुञ्ज समेतको संलग्नता रहेको सुचनाको आधारमा सो सम्वन्धमा बुझन् खोज्दा सुचना अधिकारी राम आक्रोशित भएर दुरव्यवहार गरेको थिए ।

Leave A Reply

Your email address will not be published.