Ultimate magazine theme for WordPress.

सीमामा सशस्त्र प्रहरीको निगरानी बढ्दै

1,947

उमेश दुबे
पर्सा, १३ फाल्गुन / नेपाल र भारतको सीमामा सशस्त्र प्रहरीको निगरानी बढ्दै गएको छ । सशस्त्र प्रहरी प्रमुख आइजिपी शैलेन्द्र खन्नालको निर्देशनमा ७ वटै प्रदेशमा पर्ने नेपाल र भारतको सीमामा निगरानी बढेको हो ।
प्रदेश नम्बर २ मा सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठको आग्मनसाथ सीमा नाकामा कडाइ गरिन थालिएको छ । डिआइजी श्रेष्ठले निर्देशन दिनसाथ प्रदेश नम्बर २ का ८ वटै जिल्लाको सीमा नाकामा व्यापक प्रहरी परिचालन गरि तस्करी कार्य ठप्प पार्नुको साथै अपराधी क्रियाकलाप गर्नेहरूलाइ समेत नियन्त्रणमा लिएको सर्वबिधितै छ । नेपाल र भारतको सीमा नाकाको जिम्मा पाएका सशस्त्र प्रहरीले आफ्नो कार्य इमान्दारिता पुर्वक निर्वाह गर्न थालेपछी सीमाबाट तस्करी न्यूनिकरण हुनुको साथै अपराधी क्रियाकलापमा समेत कमि आएको छ ।

प्रदेश नम्बर २ तस्करहरूको लागि अखडा र सशस्त्र प्रहरीको लागि चुनौतीको रूपमा हेर्ने गरिन्थ्यो तर प्रहरीले चाहे के नै हुदैन र ? भन्ने शब्दलाइ चरितार्थ पारेका छन डिआइजी प्रवीण श्रेष्ठ । श्रेष्ठको आग्मनसाथ नेपाल र भारतको सीमा नाकामा रहेका बि.ओ.पि. प्रमुखहरू गल्ती गरिदा कारवाही गरिनसाथ सीमाबाट तस्करी न्यून भएको हेरिएको छ । प्रदेश नम्बर २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको सीमा नाकामा पर्ने विभिन्न बि.ओ.पि प्रमुखहरूलाइ कारवाही समेत गरिएको डिआइजी श्रेष्ठले बताउनु भएको छ ।
यता सशस्त्र प्रहरी प्रमुख आइजिपी शैलेन्द्र खन्नालले आफ्नो संगठनको नीति निर्देशन बिपरित कार्य गर्ने जोकोहिलाइ पनि नछोडने र कानूनको दायरामा ल्याउने बताउनु भयो । उहाले सीमा नाकाको सुरक्षा आफ्नो प्रमुख दायित्व रहेको र सशस्त्र प्रहरीले यसमा कहिलेपनी नचुक्ने बिश्वास व्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.