Ultimate magazine theme for WordPress.

सीमामा सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ धमाधम मालसमान पक्राउ हुँदै

492

उमेश दुबे
पर्सा, १९ फाल्गुन / तराइको विभिन्न जिल्लाहरूको सीमामा सशस्त्र प्रहरीले कडाइ गर्नसाथ धमाधम मालसमान पक्राउ हुन थालिएको छ । नेपाल र भारतको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले सीमा नाकामा निगरानी बढाउनसाथ धमाधम अबैध मालसमान पक्राउ गर्न थालिएको हो ।
नेपाल र भारतको सीमाबाट अबैध तरिकाले नेपाल भित्रिएको कपडा, भाडाकुडा लगायतका मालसमान आज सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट खरिद गरि अबैध तरिकाले भित्रयाउदै गरेको भाडाकुडा र कपडा बिरगंज भन्सार राजस्व गस्ती टोलिले पक्राउ गरेको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले पक्राउ गरेको हो । सीमाबाट अबैध तरिकाले नेपाल भित्रिएको सूचनाको अधारमा खटिएको र बिरगंजको रजतजयन्ती चौक नजिकैबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले बताउनु । उहाले पक्राउ गरिएको कपडा र भडाकुडा करीब १ लाख ६० हजार बराबरको रहेको बताउनु भयो । पक्राउ गरिएको कपडा र भाडाकुडा आवश्यक कारहाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.