Ultimate magazine theme for WordPress.

सीतापाइला-नौबिसे सुरुङ निर्माणको ढोका खुल्यो, जापानले दिने १७ अर्ब ऋण स्वीकृत

104

१२ मंसिर, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । योसँगै नेपालमै पहिलोपटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ ।

मन्त्रिपरिषद्को आइतबारको बैठठकले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले दिएको १७ अर्ब ऋण सहायता स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

काठमाडौं सितापाइलाबाट धादिङको नौबिससम्मको यो सुरुङ मार्ग २.६ किलोमिटर लम्बइको हुनेछ । यसका लागि लाग्ने रकम टुंगो भएको छैन । तर, २२ अर्ब रुपैयाँमा बन्ने अर्थ मन्त्रालयको अनुमान छ । ऋणबाहेक बाँकी रकम भने सरकार आफैंले बेहोर्नेछ ।

जापानले २ वर्षअघि नै सुरुङमार्ग निर्माण्का लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । अब अर्थमन्त्रालयले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । निर्माण्को प्रक्रिया सुरु हुँदैछ ।

राजधानीको मुख्य प्रवेशद्वार नागढुंगालाई छिचोल्दै सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समधान हुनेछ । अहिले सवारीको सर्वाधिक चाप हुने कलंकी-नागढुंगा-नौबिसे मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा ट्राफिक जामको समस्या अत्याधिक छ ।

यो सुरुङमार्ग बनेपछि काठमाडौं प्रवेश गर्न र यहाँबाट बाहिरिन निकै सहज हुनेछ । यसले यो खण्डमा हुने दुर्घटनाको क्रमलाई पनि घटाउने छ ।

सरकारले सुरुङमार्गलाई अत्याधुनिक सुविधासहित निर्माण गर्ने योजना बनाएको छ । यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधाहरु पनि राख्ने अवधारणा छ ।

Leave A Reply

Your email address will not be published.