Ultimate magazine theme for WordPress.

सिरहाको एसईई परिक्षामा फर्जि निरिक्षक

185

मुकेश यादव
लहान २२ चेैत्र । प्रदेश नम्बर २ मा आज देखि शुरु भएको स्थगित माध्यमिक शिक्षा परिक्षा ( यसईई)मा व्यापक अनियमितता ल्याईरहेको पाईएको छ । निजी विद्यालयका शिक्षकलाई यसईईमा निरिक्षक नराख्ने प्रब्धान भएपनि श्रि जन्ता नमुना मध्यमिक विद्यालय गोलबजारमा निजि विद्यालयका निरिक्षक राखेको पाईएको हो ।
प्रहरी अनुगमन गर्ने संयन्त्र नै फितलो ौऔपचारिकता मात्र निभाउन गरेकोले परीक्षा अमर्यादित हुदै गईरहेको पाईएको छ । उक्त विद्यालयमा निजि विद्यालयको बाल कुमारी दाहाल र सम्झाना यादव लाई निरिक्षक बनाएका छन भन्ने निजी स्रोतमा कार्यरत शिक्षक सरोज कुमार यादवलाई सहायक केन्द्रा अध्यक्षको जिम्मेवारीमा राखेको पाईएको छ ।
यस सम्वन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंण्डितले यस विषयमा आफुलाई कुनै जानकारी नभएको र त्यस्तै पाईए कारवाही गरिने वताउनु भयो । शुुक्रवार भएको अनिवार्य विज्ञानको परिक्षामा पनि व्यापक सेटिङमै चिट चोरी भईरहेको पाईएको छ ।
परीक्षा केन्द्रमा अनियमितता ढाक छोप गर्नकै लागि सिरहामा सन्चारकर्मिहरूलाइ समेत प्रवेश अनुगमनमा रोक लगाएको छ ।१० चैत्र देखि शुरु भएको एसईई परीक्षामा अनिवार्य विज्ञान र समाजिक विषयको प्रश्नपत्र परिक्षा अगावै वाहिरीएपछि प्रदेश नम्बर २ मा एसईई परीक नै स्थगित भएको थियो ।

Leave A Reply

Your email address will not be published.