Ultimate magazine theme for WordPress.

ससुरा र जेठाजुले गरे बुहारी माथि एसिड प्रहार

148

बारा, ११ चैत्र / बारामा एक महिला माथि उनकै ससुरा र जेठाजुद्वारा एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने उमेश साहको २८ बर्षिय श्रीमति सिता पटेल माथि उनकै ससुरा र जेठाजुद्वारा एसिड प्रहार भएको हो ।
वीरगंजबाट आफ्नो माइती कलैया उप—महानगरपालिका वडा नम्बर २३ कोरिया टोला आउदै गरेकी सिता पटेल माथि एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ । आफ्नै ससुरा हवारी साह र जेठाजु रामबाबु साहले सिता पटेल माथि एसिड प्रहार गरेको पिडितको ब्यानबाट खुल्न आएको बारा प्रहरीले जनाएको छ । ना ६० प ७२७९ नम्बरको स्कुटी मोटरसाइकलमा आएका ससुरा र जेठाजुले सिता पटेल माथि एसिड प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । फरार दुबैको खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । घाइते सिता पटेलको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.