Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको कडा निर्देशन

705

उमेश दुबे
पर्सा, २० मंसिर ÷ सशस्त्र प्रहरी बल मुख्यालय नम्बर २ बाहिणी, बर्दिवाशमा आउनु भएका डिआईजी प्रविण श्रेष्ठले आफ्नो क्षेत्रमा पर्ने सबै युनिटलाई कडा निर्देशन दिएको बताउनु भयो । उहाले यस अनलाइन संग कुरा गर्दै कुनैपनि सिमा सुरक्षा कार्यालय, बोर्डर आउटपोष्ट, बेस क्याम्प लगायतले गल्ती गरे आफु कडा कारवाही गर्ने बताउनु भएको हो ।
सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठका अनुसार नेपाल र भारतको सीमाना नाका खुल्ला भएको कारण चुनौती थपिएपनि हामी आफ्नो काम र कर्तव्य इमन्दारीता पूर्वक निर्वाह गर्ने बताउनु भयो । उहाले नेपाल र भारतको सीमाना नाकाबाट तस्करी रोक्नुको साथै आफ्नो कांधमा थपिएको अरु सबै जिम्मेवारीहरु समेत इमन्दारीता पूर्वक गर्ने बताउनु भयो । आफ्नो कार्यकालमा लापरवाही र गैर जिम्मेवारीपनबाट कुनैपनि किसिमको सम्झौता नगरिने डिआईजी श्रेष्ठको भनाई रहेको छ ।
सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठले आफ्नो संगठनको निति निर्देशन विपरीत कार्य गर्ने जोकोहीलाई नछोडने बताउनु भयो । डिआईजी श्रेष्ठको कडा निर्देशन आउन साथ पर्सा, बारा, रौतहट लगायत सबै जसो नाकामा सशस्त्र प्रहरीको निगरानी बढेको छ । सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ नेपाल र भारतको सीमाना नाकाबाट ठूला वडा तस्करहरु सबै पलायन भएका छन् । तस्करहरु पलायन हु“दा वीरगंज भन्सार कार्यालयको राजस्वमा समेत वृद्धि भएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.