Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले बरामद गरेको कपडा छुटाउन बिचौलीयाहरुको दवाब

188

बारा, १६ जेष्ठ / बोर्डर आउट पोेष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भित्रयाइरहेको कपडा बरामद गरेको छ । मंगलवार साझ तस्करहरुको समुहले अवैध रुपमा कपडा नेपाल भित्रयाइरहेको खबर पाउनसाथ सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।
बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १ लाख ७७ हजार २ सय ३२ रुपैया बराबरको कपडा र हार्डवेयरको समान बरामद गर्न सफल भएको थियो । तर केहि समयमै आफुलाई पत्रकार बताउने बिचौलीयाले बरामद गरिएको कपडा र हार्डवेयरको समान छोड्न दवाब दिने गरेको श्रोतले जानकारी दिए । उनका अनुसार अपांगको समान रहेको कारण बताउदै छोड्न दवाब दिने गरेको, उनले बताए ।
सशस्त्र प्रहरीले बरामद गरेको कपडा र हार्डवेयरको बिषयमा माथिल्लो निकायसम्म जानकारी गराइसकेको कारण माथिल्लो निकाय संगै सहकार्य गर्नुस भन्दै बिचौलीयाले जवाफ पाइसके पश्चात बिचौलीयाले फोन काटेका थिए । अपांगलाई नै माध्यम बनाई कमाई खाने भाडो बनाएका बिचौलीयाले बहुलाउदै आफुले दर्ता गराएको एक अनलाइनमा सशस्त्र प्रहरीकै बिरोधमा समाचार सम्प्रेषण गर्न बाध्य भएका थिए । जसका कारण तस्कर र पत्रकार कै सेन्डिकेट हुने गरेको बारे सिधै प्रष्ट पारेको छ ।
यस बिषयमा बोर्डर आउट पोष्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश अचार्य संग बुझदा उहाले मंगलवार साझ पक्राउ गरिएको कपडा र हार्डवेयरको समान करिब १ लाख ७७ हजार २ सय ३२ रुपैया बराबरको रहेको बताउनु भयो । उहाले पक्राउ गरिएको कपडा र हार्डवेयरको समान अवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइ सकिएको बताए । बरामद गरिएको कपडा र हार्डवेयरको समान छुटाउन दवाब आएको बताएपनि दवाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न मानेन्न ।

Leave A Reply

Your email address will not be published.