Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले गर्न सकेन तस्करी नियन्त्रण

808

पर्सा, १ माघ / सुरक्षा व्यवस्थाका साथै सीमाको सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले आर्थिकको लोभमा लाभवन्दित भएकै कारण पर्साको ग्रामिण नाकाहरुबाट तस्करी कार्य कायमै रहेको देखिन्छ । पर्सा जिल्लाका नाकाहरुबाट नुनदेखी सुनसम्मको तस्करी हुदै आएको छ, कारण हो सीमा नाकामा सुरक्षा दिदै आएको सुरक्षाकर्मीहरुको आर्थिक प्र्रलोभन ।
सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरु आर्थिक प्रलोभनमा परी संगठन मात्र नभई मुलुकको अर्थतन्त्रलाई नै अघात पुग्ने गरी कार्य गर्दै आएका छन । जसको जल्दो बल्दो उदहारण बनेको छ पर्सा जिल्लाको ग्रामिण नाका । जिल्लामा घुस्याहा प्रवृतिका सशस्त्र प्रहरी कर्मचारीहरुको आग्मन हुदा नुनदेखी सुनसम्म तस्करी गर्ने तस्कर गिरोह सलबलाउन थाल्छन । तस्कर गिरोह सलबलाउन मात्र होइन, देशको अर्थतन्त्रमा अघात पुग्ने गरी तस्करी कार्यलाई निरन्तरता समेत दिने गर्दछन ।
पर्सा जिल्लाको ग्रामिण नाकाबाट यसरी हुन्छ सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी
सशस्त्र प्रहरी बल नेपालको जिल्ला स्तरीय कमाण्डर अर्थात गणपतिकै मिलोमतोमा हुन्छ, खुल्याम तस्करी धन्दा । पर्सा जिल्लामा गणपतिको रुपमा आग्मन गर्नु अघि संगठनका प्रमुख लगायत गृह मन्त्रालयमा समेत सेटिङ मिले पश्चात मात्र गणपतिको आग्मन हुने गरेको बारे दुईमत छैन । पर्सा जिल्लामा गणपति र दोश्रो कमाण्डर अर्थात डिएसपी पदसम्म संगठनका प्रमुख लगायत गृह मन्त्रालयकै पावरले जिम्मा पाउने गरेका हुन्छन ।
हालको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज बहादुर पोखरेल कारवाहीको लागि हेडक्वाटर तानिएपनि डिएसपी संतोष बस्नेत जिल्लालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्दै आएको रहस्य उजागर भएको छ । डिएसपी संतोष बस्नेत अर्थात हालको गणपतिको रुपमा कार्यरत रहेका छन । पर्सा जिल्लाको ग्रामिण नाकाहरुबाट बस्नेतकै इशारामा तस्करी धन्दा मौलाउदै गएको बारे रहस्य उजागर भएको छ । पर्सा जिल्लाको ग्रामिण नाकामा पर्ने भिष्वा, आसवारी, मिर्जापुर, जानकी टोला, सुवर्णपुर र ठोरी नाकाबाट व्यापक रुपमा तस्करी धन्दा मौलाउदै गएको हो ।
डिएसपी संतोष बस्नेतकै ईशारामा तस्करी धन्दा संचालन हुने गरेको र बन्द हुने गरेको समेत रहस्य उजागर भएको छ । सीमा नाकाहरुबाट अवैध कारोवार गर्ने गिरोह डिएसपी संतोष बस्नेत संगै आदेश गराउने गरेको एक अडियो क्लिपले प्रष्ट पारेको छ । सशस्त्र प्रहरी बल नेपाल संगठन भित्र बदनाम डिएसपीको रुपमा संतोष बस्नेतलाइ चिन्ने गरिन्छ । तर संगठनले हालको जिल्ला कमाण्डरको रुपमा जिम्मेवारी दिदा संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ ।
सीमा नाकाबाट को को गर्छन अवैध कारोवार ?
पर्सा जिल्लाको ग्रामिण नाकाहरुबाट खुल्याम अवैध कारोवारको धन्दा मौलाउदै गएको छ । सीमा नाकाहरुबाट नुनदेखी सुनसम्मको तस्करी धन्दा मौलाएपनि हालको समयमा भैसी, चल्ला, सुपारी र कस्मेटिक समाग्रीको धन्दा सुचारु नै रहेको बुझिन्छ । भिष्वा नाकाबाट लडु, पप्पु र मुन्ना नामक कुख्यात तस्कर गिरोह सकृय रहेका छन भने आसवारी नाकाबाट रुस्तम र जानकीटोलाबाट कमरुदिन नामक तस्कर गिरोह सकृय रहेका छन । त्यसैगरी मिर्जापुर नाकाबाट धान तस्करी गर्ने ६ जनाको गिरोह सकृय मात्र नभई रातिको समयमा दर्जनौ ट्रयाक्टरको माध्यमले धान आयात गर्न सफल भएका छन । मिर्जापुर नाकाबाट धान तस्करी मात्र नभई हार्डवेयरको समाग्री समेत आयात हुने गरेको प्रहरी श्रोत बताउछन ।
त्यसैगरी जानकिटोला र सु्वर्णपुर नाकाबाट कुख्यात तस्कर महादेव भनिनेले भैसीको अवैध कारोवार गर्न सफल भएका छन । दिनमा सर्वसधारणलाई दुख दिने सशस्त्र प्रहरीले रातिको समयमा कुख्यात तस्कर गिरोहलाई तस्करीको लाइन दिने गरेको उजागर भएको छ । ठोरी नाका हुदै अवैध तरिकाले नेपाल भित्रिने कपडा सजिलै भरतपुर र नारायणगढसम्म पुग्ने गरेको तस्कर श्रोतले नै जनाएका छन । उनका अनुसार ठोरी नाका हालको समयमा तस्करहरुको लागि सहज नाकाको रुपमा चिनिने गरेको समेत दावी गरेका छन । त्यसैगरी प्रसौनीभठा नाकाबाट अलि नामक कुख्यात भैसी तस्करको तस्करी कायम रहेको बुझिन्छ ।
यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजिपि राजु अर्याल र गृह मन्त्री रबि लामिछानेको ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.