Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा ४ लाख बराबरको अवैध मालसमान बरामद

59

उमेश दुबे
पर्सा, १३ कार्तिक ÷ नेपाल र भारतको सीमाना नाकाबाट सशस्त्र प्रहरीले ४ लाख बराबरको अवैध समानहरु बरामद गरेको छ । पर्साको प्रसौनीभठा हुदै नेपाल भित्रिदै गरेको कपडा, हार्डवेयरका समानहरु अवैध तरिकाले नेपाल भित्रिदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
पर्साको प्रसौनीभठा हुदै अवैध तरिकाले समानहरु नेपाल भित्रिदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले बताउनु भयो । उहा“ले रातिको समयमा सीमानालाई तस्करहरुले कमाई खाने भाडो बनाएको र सूचना आउन साथ करिब ४ लाख बराबरको कपडा, हार्डवेयरका समानहरु बरामद गर्न सफल भएको बताउनु भयो । सशस्त्र प्रहरी उपरीक्षक शाहका अनुसार सुचना आउनसाथ सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक पराक्रमराज भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले निन्त्रणमा लिन सफल भएको बताउनु भयो ।
बरामद गरेको करिब ४ लाख बराबरको अवैध कपडा, हार्डवेयरका समाग्रीहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.