Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागू औषध इन्जेक्सन सहित १ जना पक्राउ

318

उमेश दुबे
पर्सा, १० फाल्गुन / पर्साको नगवाबाट लागू औषध इन्जेक्सन सहित १ जना पक्राउ परेका छन । भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीको कमाण्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । पर्साको ठोरी गाउपालिका वडा नम्बर ५ सुवर्णपुर निवासी अनुप लामालाई लागू औषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको लामाले भारतबाट फेनारगण ३७ पिस, डाइजोल्याब ३७ पिस, नर्फिन ३७ पिस, नाइट्रोभेट १५ पिस, सुइ १ पिस र स्पेसनो प्रोस्किभन ८ पिस ल्याइरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताए ।

Leave A Reply

Your email address will not be published.