Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागु औषध गाजा बरामद

301

उमेश दुबे
बारा, २० फागुन / सशस्त्र प्रहरीले बारा जिल्लाबाट भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको हो ।
बाराको देवताल गाउपालिका वडा नम्बर ७ पिपरपाति पसाहा खोला स्थित सीमाना नाकामा भारी मात्रामा लागु औषध गाजा सशस्त्र प्रहरीले बरामद गर्न सफल भएको छ । नेपालबाट भारततर्फ लागु औषध गाजा गइरहेको बिशेष सूचनाको अधारमा बोर्डर आउट पोष्ट दक्षिण झिटकैयाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गर्न सफल भएको हो । बोर्डर आउट पोष्ट दक्षिण झिटकैयाबाट सशस्त्र प्रंहरी नायब निरीक्षक चन्द्र बहादुर एस्लामी मगरको कमाण्डमा खटिएको टोलीले १ सय २० किलोग्राम लागु औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रंहरीले जनाएको छ ।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीको टोली हेर्नसाथ लागु औषध गाजा तस्कर फरार भएपनि बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.