Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा करीब २१ लाख बराबरको अबैध तरिकाले नेपाल भित्रिएको कपडा बरामद

405

उमेश दुबे
पर्सा, १४ चैत्र / नेपाल र भारतको सीमा नाका हुँदै अबैध तरिकाले नेपाल भित्रिएको करीब २१ लाख बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोस्ट श्रीसियाबाट खटिएको टोलिले ७ महिना भित्र पटक पटक गरि करीब २१ लाख बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
आज बिहान बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीको कमाण्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाबाट १ लाख ५० हजार बराबरको कपडा बरामद गरेको छ । भारतबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको सूचना पाउन साथ खटिएको र छपकैयाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक ठकुरीले बताउनु भयो । उहाले आफ्नो ७ महिनाको कार्यकालमा पटक पटक गरि करीब २१ लाख बराबरको कपडा, मरिच लगायतका समानहरू पक्राउ गरि भन्सार चलान गरेको बताए ।
नेपाल र भारतको सीमा खुल्ला भएको कारण सशस्त्र प्रहरीको लागि चुनौतीको बिषय बनेपनी अहोराती खटी अबैध तरिकाले गर्ने गरेको कारोबारको साथ साथै लागू औषध कारोबारी र चेली बेटि बेच बिख्खन अन्तर्गत समेत पक्राउ गरिने र ३ जना महिलालाइ समेत उद्दार गरिएको बताउनु भयो । आज एकाबिहानै बरामद गरिएको कपडा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवनमल्ल ठकुरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.