Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठको टोलीद्वारा पर्साबाट ७० लाख बराबरको कपडा बरामद

2,332

उमेश दुबे
पर्सा, १३ माघ ÷ पर्साको मिरजापुरबाट अवैध तरिकाले नेपाल भित्रिएको कपडा सशस्त्र प्रहरीले अलौबाट पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी २ नम्बर बाहिणीबाट खटिएको सादा पोशाकको टोलीले अवैध तरिकाले भित्रिएको करिब ७० लाख बरारबरको कपडा पक्राउ गर्न सफल भएको हो ।
नेपाल र भारतको सीमाना नाकामा पर्ने मिर्जापुरबाट अवैध तरिकाले करिब ७० लाख बराबरको कपडा नेपाल भित्रिएको सूचनाको आधारमा शनिवारदेखी खटिएको सादा पोशाकको टोलीले पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठले बताउनु भयो । आफुनिर सूचना आउन साथ सादा पोशाकमा टोली परिचालन गरेकोले पक्राउ गर्न सफल भएको बताए ।
उहाले पत्रकारहरु संग कुरा गर्दै भारतबाट नेपाल भित्रिएको अवैध कपडाको बिषयमा सूचना आएको र नेपाल भित्र छिरिसकेपनि धानको लोड भएको ट्रयाक्टरमा कपडा समेत लोड गरिएको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको बताउनु भयो । मिर्जापुरबाट धानको ना २ त १६४८ नम्बरको ट्रयाक्टर भित्र कपडा लोड भएको सूचना पाउनसाथ शनिवारदेखी खटाइएको टोली आइतवार बिहान करिब १० बजेको समयमा पक्राउ गर्न सफल भएको बताउनु भयो ।
धान बोकेको ट्रयाक्टर अलौमा पुग्नसाथ सादा पोशाकमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा ट्रयाक्टर चालक छिपहरमाई गाउपालिका वडा नं. १ निवासी सोनालाल पटेल रहेका छन् । पटेलका अनुसार गाडी धनि पानालाल साहले आफुलाई गाडी दिएको र वीरगंज पु¥याउन भनेकोले आफु लिएर आइरहेको क्रममा सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको स्विकारे ।
बढदै गएको तस्करीलाई मध्यनजर गर्दै डिआईजी प्रविण श्रेष्ठले सादा पोशाकमा टोली परिचालन गरिएको बताउनु भयो । पक्राउ परेका धान, कपडा, ट्रयाक्टर र चालक सहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.