Ultimate magazine theme for WordPress.

समाजवादी युवा फोरम नेपालको पर्सा अध्यक्षमा शेख जलसुदिन

86

वीरगन्ज , १० माघ : संघीय समाजवादी फोरम नेपालको युवा संगठन समाजवादी युवा फोरम नेपालको पर्सा अध्यक्षमा पुन शेख जलसुदिनलाइ चयन गरिएको छ । वीरगन्जको होटल कुमु प्यालेशमा आज भएको समायोजन कार्यक्रममा जलसुदिनलाइ पुन अध्यक्षमा चयन गरिएको हो ।

नवगठित युवा फोरमको उपाध्यक्षमा राज कुमार पटेल र मनोज यादव , सचिवमा निरन्जन पटेल , सहसचिवमा प्रमा साह कानु र कोषाध्यक्षमा अस्लम आलमलाइ चयन गरिएको छ । यसैगरि सदस्यहरुमा सदाम अन्सारी , राजन पटेल,सम्शाद आलम , सन्जय यादव ,कमरुद्धिन मन्सुरी ,मन्जेश यादव ,सन्जय गिरी र नयन गुप्तालाइ चयन गरिएको छ ।

समायोजन कार्यक्रमलाइ सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्धीले मधेस आन्दोलन कुनै जात विशेषको विरुद्ध नभइ विभेद र असमानताको विरुद्धको लडाइ भएको बताउनु भयो ।

उहाले मुलुकमा अहिले सम्म भएका हरेक परिवर्तन र आन्दोलनमा युवाहरुको महत्वपुर्ण भूमीका रहेको बताउनु भयो । अहिले जारी मधेस आन्दोलनमा पनि युवाहरुको अग्रणी भुमीका रहनेमा आफु विश्वस्त रहेको उहाले बताउनु भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेस आन्दोलनमा सकृय भएर लाग्न युवाहरुसंग आग्रह गर्नु भयो । मधेसीको हक अधिकार संविधानमा नसमेटिए सम्म मधेश आन्दोलन जारी नै रहने उहाले बताउनु भयो ।

कार्यक्रममा फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम , समाजवादी युवा फोरमका महासचिव अजय यादव , उपमहासचिव दुर्गा सुबेदी, केन्द्रिय सदस्य सुशील साह कानु, फोरम नेपालका नेतृहरु मिनी सिंह , सुनिता रौनीयार लगायतकाले पनि सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.