Ultimate magazine theme for WordPress.

समाजवादी पार्टीका कार्यकर्ताद्वारा एभिन्यूज ब्यूरो कार्यालयमा तोडफोड

320

पर्सा, ३० बैशाख / समाजवादी पार्टीका कार्यकर्ताले एभिन्यूज खबर टेलिभिजन ब्यूरो कार्यालय बिरगजमा तोडफोड गरेका छन । आइतबार साँझ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले ब्यूरो कार्यालयमा तोडफोड गरेका हुन ।
१० जनाको समुहमा आएको युवाहरूले कार्यालय तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन । ब्यूरो कार्यालय बिरगंजमा रहेका क्यामरा, कम्प्युटर लगायतका सामग्रीमा तोडफोड गरिएको बताइएको छ । करीब १ बजेको समयमा १० जनाको समुहमा कार्यकर्ता आइ अचानक ढुङ्गा मुढा गर्दै भित्र पसि समाग्रीलाई समेत तोडफोड गरिन थालेको प्रत्यक्षदर्शीले बताए ।
यस बिषयमा प्रहरीले छानबिन गर्न बताएपनी पत्रकारितामा जोडनु भएका सन्चारकर्मीहरूले आ-आफ्नो ठाउबाट बिरोध जनाएका छन ।

Leave A Reply

Your email address will not be published.