Ultimate magazine theme for WordPress.

सफाईकाे मामलामा किन्तु परन्तु कुनै सुनुवाइ नहुने : मेयर सिंह

78

पर्सा, १३ जेष्ठ / बिरगंज महानगरपालिका भित्र सरसफाइको मामलामा किन्तु परन्तु कुनै सुनवाइ नहुने भन्दै मेयर राजेशमान सिंहले ठेकेदारलाइ चेतावनी दिनुभएको छ । शुक्रबार एकाबिहनै पैदल यात्रा गर्दै बिरगंजको बिभिन्न ठाउहरूमा पुगि मेयर सिंहले गरेको अनुगमनमा फोहर ब्यवस्थापन हुन नसकेको कारण महानगरको सरसफाइ शाखाका अधिकृत र सफाइ गर्ने ठेक्का लिएका ठेकेदारलाइ सरसफाइको मामलामा किन्तु परन्तु कुनै सुनवाइ नहुने भन्दै ठेकेदारलाइ चेतावनी दिनुभएको हो ।

बिरगंज महानगरका नगर प्रमुख राजेशमान सिंहले २४ घन्टा भित्र बिरगंजको मुल सडक लगायत भित्री भेगमा रहेको बजार क्षेत्रहरूमा समेत सरसफाइ गर्न निर्देशन दिनुभयो । उहाले नगरकाे विभिन्न क्षेत्रकाे अनुगमन गर्ने क्रममा व्यवसायी र घरधनीलाई पनि घर/पसलबाट निस्किएको फाेहर जथाभावी नफाल्न अनुराेध गर्नुभएको छ । उहाले महानगरबाट खटिने सरसफाइ शाखाका कर्मचारी सफाइ गर्न नआए सिधै आफुलाइ खबर गर्न बिरगंजवासिमा अपिल गर्नुभयो । बिरगंज महानगरलाइ सरसफाइ राख्न हामि सबैको दायित्व रहेको कारण पसल संचालकहरूलाइ समेत जथाभावी फोहर नफाल्न अपिल गर्नुभयो । बिरगंजको मुटु मानिने घन्टाघर लगायत बिरगंजको अधिकान्स क्षेत्रहरूमा जम्मा भएको फोहर २४ घन्टा भित्र सफाइ गर्न सरसफाइ शाखाका अधिकृत लगायत ठेकेदारलाइ निर्देशन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.