Ultimate magazine theme for WordPress.

सधारण सभा सम्पन्न

66

सबिर आलम
बारा, १८ मंसिर/ बाराको आदर्श कोतवाल गाउपालिका वडा न. ८ अन्तर्गत पर्ने श्री रामजानकी सतसंग समितिको सधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादव, वडा अध्यक्ष हरिनारायण प्रसाद कुश्वाहा, वडा अध्यक्ष जनक ठाकुर, पुर्व वडा अध्यक्ष अलिउल्लाह अन्सारी र सस्थाका सदस्यहरुको उपस्थितिमा सधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवले मानव चेतनशील प्राणी रहेको हुनाले यस धर्ममा लाग्न अनुरोध गरेका थिए । रामायणको चौपाई भन्दै उहाले बडे भाग मानव तन पाई, सुर दुलर्भ सत ग्रन्थ गाई नेपालीमा अनुबाद गर्दै भने धेरै भाग्यले मानवलाई यो शरीर प्राप्ती भएको र यसलाई देवी देवताहरुले आफुहरु पनि मानव भई धर्म गरि मोक्क्ष प्राप्त गर्थ्यो भने वहाको भनाई रहेको थियो । त्यस्तै वडा न.८ का वडा अध्यक्ष हरिनारायण कुश्वाहाले हिन्दु धर्म सनातन धर्म विश्वको पहिलो धर्म भएकोले यसको सम्बर्द्धन गर्न सबैले ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रममा आदर्श कोतवाल गाउपालिका अध्यक्ष जवाहर प्रसाद साह कानुले दिप प्रज्वलित गरेर कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । उहाले गाउपालिका भित्र रहेको सबै अत्याध्यामिक सस्थाको उत्थानको लागि आफू तत्पर रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.