Ultimate magazine theme for WordPress.

संसद बैठक आज पनि स्थगित, अन्योलमा संशोधन विधेयक

52

काठमाडौं, ४ पुस । व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो ।

संसद बैठक अघि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी थिइन् । बैठकमा सत्तारुढ दलले संशोधन फिर्ता नलिने अडान लिएपछि तीन दल बैठक निश्कर्षविहिन भएको थियो । संसदको सोमबारको बैठकमा संशोधन विधेयक कार्यसूचिमा राख्ने तय गरिएपछि एमालेले वैठक अवरुद्ध गरेको हो ।

वैठकको शुरुमा विपक्षी दलका तर्फबाट नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले धारणा राख्दै संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताएका थिए ।

राजबंशीले धारणा राखेपछि विपक्षी दलहरु पहिलेजस्तै उभिएर अवरोध जनाए । सभामुख ओनसरी घर्ती सांसदहरुलाई आसनग्रहण गर्न आग्रह गरे पनि नमानेपछि पुस ७ गते दिउँसो १ बजेसम्म बैठक स्थगित गरिएको छ ।

सरकारले मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएपछि मंसिर १६ गतेयता एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले संशोधन विधेयक राष्ट्रघाती भन्दै फिर्ता लिनुपर्ने अडान राखेर सदन र सडक आन्दोलन जारी राखेको छ ।

संविधान संशोधन विधेयकको विरोधमा एमालेले सदन अवरोध जारी राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलसमेत रोकिएको छ । सदनमा गतिरोध कायमै रहँदा निर्वाचन सम्बन्धि ऐन कानूनहरु पनि अघि बढ्न सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.