Ultimate magazine theme for WordPress.

संशोधन विधेयक परिमार्जनको तयारीमा जुट्यो मोर्चा

58

काठमाडौं, माघ ३ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक परिमार्जनको तयारीमा जुटेको छ। सत्तारुढ दलहरुसँगको सहमतिमा मोर्चा संशोधन विधेयक परिमार्जन प्रस्ताव तयार पार्न राजी भएका हुन्।

१४ मंसिरमा सरकारले पेश गरेको संशोधन विधेयकमा परिमार्जन मोर्चाले पेश गर्ने र त्यसमाथि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएपछि मोर्चा यो गृहकार्यमा जुटेको हो।

बानेश्वरस्थित सद्‌भावना पार्टीको केन्द्रीय कार्यालयमा विधेयक परिमार्जन प्रस्तावबारे छलफल राखिएको छ। मोर्चाको यो सचिवालयले परिमार्जन प्रस्ताव तयार पार्ने भएको छ।

Leave A Reply

Your email address will not be published.