Ultimate magazine theme for WordPress.

संविधान संशोधन प्रस्ताव संसदमा अघि बढाउन नदिने एमालेको अडान कायमै

83
काठमाडौं, फाल्गुन १० : प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन प्रस्ताव संसदमा अघि बढाउन नदिने अडान कायमै राखेको छ । स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारको कदम सकारात्मक भएको निष्कर्ष निकालेको एमालेले संशोधन प्रस्तावबारे भने पुरानै अडान दोहोर्‍याएको हो ।
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आज बसेको एमाले स्थायी समिति बैठकले संशोधन प्रस्ताव संसदमा छलफल गर्न नदिने पुर्ववर्ति निर्णय कायमै राख्ने निर्णय गरेको सो पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
धुम्बाराही स्थित केन्द्रिय कार्यालय बसेको बैठकले निर्वाचनको मिति घोषणाको स्वागत गरेको छ । निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक र कानुनी व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको भट्टराईले बताउनुभयो । एमालेले स्थानीय निकाय पुनर्संरचना आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै संख्या बढाउन नहुने बताएको छ । यस्तै बैठकले निर्वाचन आचारसंहिता प्रतिकुल हुने कुनै काम नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave A Reply

Your email address will not be published.