Ultimate magazine theme for WordPress.

‘संविधान संशोधन प्रस्ताव आज जसरी पनि टेबल हुन्छ’

100

बिरगंज ,पुष २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जसरी पनि आज संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गर्ने बताएका छन्। आज (आइतबार) बस्ने संसदको बैठकमा संशोधनको विधेयक जसरी पनि टेबल गर्ने खनालले नेपालखबरलाई जानकारी दिए।

‘संधै यसरी जान सकिन्न। आज संसदमा जसरी पनि संविधान संशोधनको प्रस्ताव टेबल गरिन्छ। बढीमा अलि–अलि झडप होला, खनालले भने, ‘परिस्थितिलाई मध्यनजर गर्दै अगाडि बढ्छौं।’

एमाले महासचिव इश्वर पोखरेलले यथास्थितिमा संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने जनाए। ‘मधेसी मोर्चा, राप्रापा र फोरम लोकतान्त्रिकले समेत यथास्थितिमा संशोधन प्रस्ताव टेबल गर्नुहुन्न भनिरहेका छन्। यस्ता अवस्थामा एमाले आफ्नो अडानमा कायम छ, उनले थपे, ‘जब्बरजस्ती गरे परिणाम राम्रो हुँदैन्।’

संसदीय कार्यव्यवस्था समितिको बैठक सभामुखको कार्यकक्षमा बसिरहको रहेको छ। सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार आज संसदका दुईवटा बैठक बस्ने छन्, एउटा नियमित र अर्को शोक प्रस्ताव पारित गर्नका लागि।
कार्यव्यवस्था समितिको बैठकले संविधान संशोधनको प्रस्ताव टेबल गर्ने कि नगर्ने भन्ने कुराको निर्णय गर्ने शर्माले जानकारी दिए।

संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउन सत्तारुढ गठबन्धनका दलहरु सक्रिय हुन थालेका छन्। सर्वोच्च अदालतको फैसलापछि संशोधन प्रक्रियामा जाने अवस्था सृजना भएको भन्दै प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक बिहीबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

शनिबार बेलुकी बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बसेको अनौपचारिक एमाले स्थायी कमिटी बैठकले भारतले घेराबन्दी गरेको भन्दै संशोधन प्रस्ताव यथास्थितिमा टेबल गर्न नदिने सहमति गरेको थियो।
अघिल्लो हप्ता एमालेले २३ पुषको शक्ति प्रदर्शनपछि संसद संचालन गर्न दिने आश्वासन सभामुख घर्तीलाई दिएको थियो।

एकप्रकारले संसद खुलाउन लचिलो भइसकेको एमालेले गठबन्धनमा रहेका साना ८ दल, विजयकुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक र राप्रपाका अध्यक्ष कमल थापासँगको छलफलपछि मात्र थप निष्कर्षमा पुग्ने तयारी गरेको बताइन्छ।

Leave A Reply

Your email address will not be published.