Ultimate magazine theme for WordPress.

संघीय गठबन्धनमा नयाँ शक्ति

35

काठमाडौं ७ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रवेश पाएको छ ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा भएको गठबन्धनको बैठकबाट बाबुरामलाई संघीय गठबन्धनमा प्रवेश गराउने निर्णय भएको छ ।

श्रोत अनुसार बाबुरामसहित अन्य पार्टीहरुलाई पनि गठबन्धनमा ल्याउने निर्णय भएको बताएका छन् ।

यसअघि यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग कार्यगत एकता गर्ने तयारीमा बाबुराम थिए । वर्तमान संविधान जारी हुनुमा बाबुरामको महत्वपूर्ण योगदान रहेकोले मधेशी जनताले अस्वीकार गर्ने भन्दै फोरमभित्रै असन्तुष्टि थियो । फोरमसँग कार्यगत एकता गर्न कठिन भएपछि गठबन्धन मै बाबुरामलाई ल्याउने निर्णय गरिएको हो ।

फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार बाबुरामसहित हरिचरण साह अध्यक्ष रहेको नेपाली जनता दल र दलित जनजाति पार्टीलाई पनि गठबन्धनमा ल्याउने तयारी हुँदैछ ।

विहीबार कै बैठकबाट गठबन्धनले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले बताएका छन् । उनले यसै साता राजधानीसहित विभिन्न प्रदेशमा अन्तरक्रिया गरिने जनाए ।

श्रोत :  हुलाकी न्युज

Leave A Reply

Your email address will not be published.