Ultimate magazine theme for WordPress.

संघिय समाजवादी फोरम नेपालको वडा नं. २४ मा नयाँ नेतृत्व चयन |

55

वीरगंज,माघ१ : संघिय समाजवादी फोरम नेपाल पर्साको वीरगंज वडा नं. २४ लिपनिबिर्ता परपानीपुरको वडा अधिवेशन सम्पन्न भएको छ ।

 वडा भवनमा भएको वडा अधिवेशनको उदघाटन गर्नु हुदै संघिय समाजवादी फोरम नेपाल पर्साका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले जबसम्म मधेसको माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने बताउनु हुदै मधेस आन्दोलनले मधेसी, दलित, जनजाती, आदिवासी, पिछडावर्गको सम्मान पहिचान स्थापित गराउनमा मदत पुगने बताउनु भयो । सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, क्षेत्रिय सचिव राधाकृष्ण रौनियार, क्षेत्रिय सदस्य हरिशंकर कुशवाहा, बच्चा यादव लगायतकाले शुभकामना दिनु भएको थियो ।

   अधिवेशनले संजय मंडलको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटि चयन भएको छ । जस्को उपाध्यक्षमा कृष्ण कुशवाहा, सहउपाध्यक्ष इनरदेव महतो, सचिव राजन पटेल, सहसचिव तेजनाथ यादव, कोषाध्यक्ष बलिराम कुशवाहा, सदस्यहरु भोज महतो, श्रीभगवान साह, श्रवण पटेल, निरन्जत पटेल, रामबाबु कुशवाहा, दिलिप महतो, गीर्जा देवी, दुरपति मण्डल लगायत रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.