Ultimate magazine theme for WordPress.

संघिय गठबन्धनले निर्णायक आन्दोलनको लागी जनमत निर्माण गर्ने

63

काठमाण्डौ ,पौष ७ / सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने भएको छ ।

गठबन्धनले आगामी एकसाताभित्रै काठमाडौंमा बृहत् अन्तरक्रिया गर्नेछ । गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन परिमार्जनसहित व्यवस्थापिका–संसद्मा अविलम्ब प्रक्रिया बढाउन माग गरेको छ । संविधान संशोधनको विरोधका नाममा नेकपा एमालेले दिएको अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुतालाई भड्काउने र मुलुकलाई विभाजन गर्ने कार्य भन्दै गठबन्धनले यसप्रकारको प्रतिगमनकारी गतिविधिको भत्र्सना गरेको छ ।

गठबन्धनद्वारा बिहिबार जारी विज्ञप्तिमा सङ्घीयता, गणतन्त्र, धर्म, निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.