Ultimate magazine theme for WordPress.

शिक्षक सरुवाको बिरोधमा एका बिहानै बिधार्थीले वीरगंजमा बाले आगो

106

पर्सा, ९ पौष ÷ वीरगंजमा शिक्षक सरुवाको बिषयलाई लिएर बिधार्थीहरु आन्दोलित भएका छन् । श्री माईस्थान बिध्यापिट माध्यमिक बिद्यालयका बिधार्थीहरु आन्दोलित भएका हुन ।
शिक्षक सरुवाको बिषयलाई लिएर आफ्नो पठन पाठन ठप्प भएको बिरोध गर्दै सडकमा ओर्लिनु परेको बिधार्थीहरुले बताएका छन् । बिधार्थीहरुका अनुसार वीरगंज महानगरपालिकाले एक्लौटी पाराले गरेको निर्णय अनुसार शिक्षकहरुको सरुवा गरिएको र शिक्षक सरुवा पश्चात बिगत ५ दिनदेखी बिद्यालयमा ताल्चा लागेको कारण आफुहरु बाध्य भई सडकमा ओर्लिनु परेको बिधार्थीहरु बताउछन् । आफुहरुलाई पढाईबाट बन्चित गर्न महानगरपालिकाका अध्यक्ष बिजय सरावगी लागि परेको बताएका छन् । शान्तिपूर्ण तरिकाले बसेर आन्दोलन गर्न लाग्दा एकाबिहानै मेयर बिजय सरावगीले प्रहरीको सहयोग लिई आफुहरु माथि दमन स्वरुप लाठि चार्ज गर्न लगाएको बताएका छन् ।
बिगत ५ दिनदेखी आफ्नो पठन पाठन बन्द रहेको र पठन पाठन बन्द हुदा आफुहरुको जिवन संग स्थानिय सरकारले खेलवाड गरेको आरोप बिधार्थीहरुको रहेको छ । श्री माईस्थान बिध्यापिट माध्यमिक बिद्यालयका बिधार्थीहरु आन्दोलनमा उत्रिदा अरु बिधालयहरुको समेत बिधार्थीहरु सडकमा ओर्लिने गरेको बुझिएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन गरिएको छ भने बिधार्थी आन्दोलनका कारण सवारी आवगमन ठप्प रहेको छ । वीरगंजको मुटु मानिने घण्टाघर चौक, बिर्ता लगायतका ठाउहरुमा बिधार्थीहरु प्रदर्शनमा उत्रि बिरोध जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.