वीरगंज फागुन ११ : सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार वीरगन्ज बन्द गराएका छन । मधेस बन्दको क्रममा वीरगन्जमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताहरुले जुलुस निकाली प्रर्दशन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात बन्द गराएका छन । मोर्चाका कार्यकर्ताहरुले वीरगन्ज बजारको विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।