Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार हुदै अवैध तरिकाले भित्रिएको इन्भर्टर भित्र ३ किलो ८ सय ग्राम चांदी बरामद

399

दिपक चौरसिया
पर्सा, २१ जेष्ठ ÷ नेपालकै मुख्य नाका भनेर चिनिने वीरगंज भन्सार मुल गेटबाटै नुनदेखी सुनसम्मको तस्करी भइरहेको बारे प्रष्ट भएको छ । वीरगंज भन्सार मुल गेटबाटै नेपाल भित्रिएको ईन्भर्टर भित्र प्रहरीले चांदीका गहाना सहित एक जनालाई पक्राउ गर्दा यस्तो प्रष्ट भएको हो ।
भारतको रक्सौलबाट वीरगंज आउन दुई ठाउमा नेपाल प्रहरी तथा ३ ठाउमा सशस्त्र प्रहरीले ब्यापक रुपमा चेकजाच गरिरहेपनि मात्र देखावटी रुपमा चेकजाच भइरहेको बारे यहि घटनाले प्रस्ट पार्दछ । नेपालकै मुख्य नाका भनेर चिनिने वीरगंज भन्सार अगाडी सशस्त्र प्रहरीले व्यापक रुपमा कडाईका साथ चेकजाच गरिरहेपनि अवैध तरिकाले इन्भर्टर नेपाल भित्रिनु र इन्भर्टर भित्र चांदीको गहाना पक्राउ परिनु ठुलै रकमको चलखेल रहेको बुझिन्छ । सोमवार साझ भारतको रक्सौलबाट वीरगंज मुल भन्सार हुदै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई रकम बाड्दै नेपाल भित्रयाउन सफल भएका मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो ।
चोरी पैठारी गरी नेपाल भित्रयाई चांदीका गरगहाना काठमाण्डौ गइरहेको बिशेष सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको छ । सोमवार राति सूचना आउनसाथ खटिएको प्रहरी टोलीले करिब साढे ६ बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित संध्या डिलक्स बस काउण्टर अगाडीबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । काउण्टर अगाडी राखिएको ईन्भर्टर चेकजाच गर्दा ३ किलो ८ सय ग्राम चांदी बरामद भएको पर्सा प्रहरीले जनाएको छ । चांदीको गहना सहित पर्सा जिल्ला बहुदरामाई नगरपालिका वडा नम्बर १ बस्ने रामानन्द यादवको ३२ बर्षिय छोरा मनोज यादवलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । चांदी सहित पक्राउ गरेको यादवलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.