Ultimate magazine theme for WordPress.

वीरगंज उपमहानगरपालिकाका रामदयाल यादवलाई गरेेकाेे कारबाई पत्र गायब

43

वीरगंज, २४ माघ : वीरगंज उपमहानगरपालिका कर्मचारी रामदयाल यादवलाई स्थानीय विकास मन्त्रालयले कारबाई गरेको पत्र नगरपालिकाबाट गायब भएपछि अहिले उपमहानगरपालिकामा खैलाबैला मचेको छ ।

तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालालाई कुटपिट गरी सार्वजनिक मुद्दा खेपेका रामदयाल यादवलाई मन्त्रालयले कारबाई गरेको चिठ्ठी कार्यालयबाट एकाएक गायब भएपछि अहिले चौतर्फी विरोध हुन थालेको छ ।   केही कर्मचारीकोे मिलोमतोमा यादव माथि लागेको अरोपपत्रसँगै अन्य कागजात गायब भएको कर्मचारी स्रोतले जनाएको छ ।

मन्त्रालयले गरेको कारबाईको कारण ७ वर्षसम्म यादवको बढुवा  हुन नसक्ने प्रावधान रहेकोमा कारबाई सम्बन्धी कागजात लुकाई यादवलाई  बढुवा  गर्ने चाँजोपाँजो मिलाएको स्रोतको दाबी छ । यादवविरुद्ध अहिले सम्पत्ति शुद्धिकरण मुद्दा विचाराधीन रहेको स्रोतले जनाएको  छ । तत्कालीन वीउमनपा प्रमुख कोइराला गएलगत्तै रामदयाल कार्यालयमा  हाजिर भई कामकाज गर्न थालेका थिए ।

कार्यकारी अधिकृत कोइरालालाई कुटपिट गरी घाइते बनाएको र कर्मचारीको मर्यादाविपरीत काम गरेको आरोपमा यादवलाई स्थानीय विकास मन्त्रालयले ७ वर्षसम्म बढुवा हुन नसक्ने गरी कारबाई गरेको पत्र नगरपालिकाबाट गायब हुनुमा ठूलो रहस्य लुकेको छ ।

वीरगंज उपमहानगरपालिकामा कार्यरत छैठौं तहका कर्मचारीहरू शम्भु गुप्ता, रामदयाल यादव र प्रतिज्ञा वैद्य मध्ये दुईजनालाई सातौं तहमा बढुवा गर्ने प्रक्रिया शुरु भएको छ ।

कार्यालय प्रमुखलाई कुटपिट गरेको आरोपमा धरौटीमा छुटेका यादवको हकमा सार्वजनिक मुद्दा नटुङ्गिएसम्म बढुवा हुन नसक्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले  प्रतीकलाई बताएका छन् । आपूmविरुद्ध रहेको कागजात गायब गरी यादव कसरी बढुवा प्रक्रियामा सहभागी भए भन्नेबारे आपूmलाई थाहा नभएको प्रजिअ घिमिरेले बताए । आप्mनै कार्यकालमा यादवले कोइरालालाई कुटपिट गरेको घटना स्मरण गर्दै यादवलाई कुनै हालतमा बढुवा प्रक्रियाबाट रोक्न बाँकी नछोडने बताए ।

स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएको माओवादी केन्द्रको  निर्देशनमा कार्यकारी अधिकृत पीताम्बर अधिकारीलाई दबाब दिंदै यादवको बढुवाको लागि चलखेल भइरहेको उपमहानगरपालिकाका कर्मचारीहरूले बताएका छन् ।

बढुवाका लागि कागजपत्र मिलाउन रामदयालले नगरपालिकाका कर्मचारी विनोद साह तेली र पवन प्रधानलाई धरान उपमहानगरपालिकामा कोइरालासँग निवेदनमा सिफासि गर्न यादवले पठाए पनि कोइरालाले तिमीहरू जसरी आयौं त्यसरी नै फर्क भन्दै हप्काएर पठाएको नगरपालिका कर्मचारी स्रोतले जनाएको छ ।

सार्वजनिक अपराधको मुद्दा नटुङ्गिदै बढुवाको लागि यादवले गरेको चलखेलले नगरपालिकाका सोझा र इमानदार कर्मचारीहरू आक्रोशित भएका छन् ।

यस विषयमा वीरगंज उपमहानगरपालिका प्रमुख पीताम्बर अधिकारीसँग बुझ्दा कोइरालालाई यादवले कुटेको आपूmले सुनेको बताउँदै तर यादवविरुद्ध कागजात कार्यालयमा नरहेको प्रतिक्रिया दिएका छन् ।

Leave A Reply

Your email address will not be published.