Ultimate magazine theme for WordPress.

वीरगंजको मुर्ली पोखरी भित्रबाट ९ किलो ग्राम चरेस बरामद

348

उमेश दुबे
पर्सा, ९ बैशाख ÷ वीरगंज महानगरपालिका भित्र पर्ने मुर्ली पोखरी भित्रबाट ९ किलो ग्राम लागु औषध चरेस बरामद भएको छ । वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली टोलमा रहेको पोखरी भित्र लुकाएर राखिएको ९ किलो ग्राम लागु औषध चरेस बरामद भएको हो ।
पोखरी भित्र नुहाइरहेको बालबालिकाले उक्त चरेस बरामद गरेको छ । पोखरी भित्र कार्टुनमा राखिएको अवस्थामा फेला पारी स्थानिय वडा प्रहरी कार्यालय श्रीपुरलाई खबर गरिएको बालकले बताए । वडा प्रहरी कार्यालय श्रीपुरलाई खबर गर्नसाथ पुगेका प्रहरीहरु बरामद भएको चरेसलाई आफ्नो नियन्त्रणमा लिएको छ । लागु औषध कारोवारीहरु पोखरीमा लुकाउने र समय मिले निकालेर भारतसम्म पु¥याउने गरेको स्थानिय केही व्यक्तिले बताएका छन् । पोखरी भित्रबाट पटक पटक लागु औषध चरेस बरामद हुनु केही स्थानिय नै कारोवारी रहेको बारे प्रष्ट पारेको स्थानियहरुको आरोप लगाए ।
यस अघिपनि दुई चोटी उक्त पोखरीबाट चरेस बरामद भएको स्थानियले बताए । पटक पटक लागु औषध चरेस बरामद भइरहेपनि स्थानिय प्रहरी प्रशासन छानविन गर्नुको साटो मौन बसेको एक जना अर्का स्थानियले जिज्ञासा राखे । आखिर यो लागु औषध कारोवारी को हो ? यस बिषयमा प्रहरी प्रशासनले मौन रहे मुर्ली पोखरी लागु औषध कारोवारीको अखडा बन्न बेर छैन, उनले भने ।
यता वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकले चक्र मल्लले मुर्ली पोखरी भित्रबाट लागु औषध चरेस ९ वटा पोकामा बेरिएको अवस्थामा करिब ९ किलो ग्राम बरामद भएको बताए । पोखरी भित्र लुकाएर राखिएको अवस्थामा बरामद भएको लागु औषध चरेस कस्ले राखिएको बारे अनुसन्धान गर्ने बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.