Ultimate magazine theme for WordPress.

लोकप्रियता बटुल्दै मेयर सिंह

66

पर्सा, १४ जेष्ठ / प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंजका मेयर राजेशमान सिंहले लोकप्रियता बटुल्दै विकास निर्माणको कार्य अगाडी बढाएका छन । मेयर पदको जिम्मेवारी सम्भालेको ४८ घण्टा नबितिदै सरसफाईदेखी सडक मर्मतको कार्य अगाडी बढाउनसाथ लोकप्रियता बटुल्दै मेयर सिंह अगाडी बढेका हुन ।
वीरगंजका जनताहरुको चाहना अनुसार वीरगंजको मुटु मानिने घण्टाघरदेखी माइस्थानसम्मको सडक मर्मत, वीरगंजको बिभिन्न क्षेत्रहरुमा हुने गरेको फोहर व्यवस्थापन लगायतको कार्यलाई निरन्तरता दिएको कारण वीरगंजेली जनताहरुमा मेयर सिंह लोकप्रिय बन्दै गएका छन । बिगत ५ बर्षमा हुन नसकेको घण्टाघरदेखी माइस्थानसम्मको सडक निर्माण कार्य २४ घण्टा नबितिदै मर्मत कार्य अगाडी बढाउदा वीरगंजेली जनतामा मेयर राजेशमान सिंह लोकप्रिय बन्दै गएका हुन ।
सडक बिभागले काम गर्न नदिएको बहाना बनाउदै बिगत ५ बर्षदेखी वीरगंजेली जनतालाई झुक्याउदै आएका पूर्व मेयर सरावगीको बिषयमा यस घटनाले प्रष्ट पारेको छ । विकासको काम गर्न सक्ने मेयर राजेशमान सिंहलाई नगर अध्यक्षको निम्ति चुनिएकोमा असाध्य खुसी महसुस गरेको स्थानीयले बताएका छन ।
आफु मात्र मेयर बनेर होइन, वीरगंजको छोरा बनेर बिकास निर्माणको कार्य अगाडी बढाएको मेयर राजेशमान सिंहले बताउनु भयो । उहाले यस अनलाइन संग कुरा गर्दै आफु वीरगंजको छोराको संज्ञा दिदै महानगरको निम्ति विकासको कार्यमा कुनै कसर बाकी नराख्ने बताएका छन । महानगरवासीको सपना पुरा गर्नकै निम्ति आफु चुनाव लडेर जितेको भन्दै एक महिना भित्र महानगरको मुहार नै फेरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.