Ultimate magazine theme for WordPress.

लायन्स क्लबको पि.भि.एस.टी. स्कुलिङ्ग सम्पन्न

147

वीरगंज ७ असार ।
लायन्स क्लबको पि.भि.एस.टी. स्कुलिङ्ग आज वीरगंजमा सम्पन्न भएको छ । लायन्स क्लब एरिया नम्बर २ अन्तरगत रहेका क्लबहरुको वर्ष २०१९/२० का लागि चयन भएका अध्यक्ष लगायत पदाधिकारीहरुको पि.भि.एस.टी. स्कुलिङ्ग कार्यक्रम वीरगंजको अन्नपूर्ण होटलमा सम्पन्न भएको छ । लायन्स क्लब एरिया नम्बर २ का एरिया चीफ लायन राघव आचार्यको अध्यक्षतामा सम्पन्न पि.भि.एस.टी. स्कुलिङ्ग कार्यक्रममा प्रमुख आतिथी लायन्स क्लब ईन्टरनेशनलका पि.एम.सि.सि. एम.जे.एफ. लायन रमेश अग्रवालले लायन्स क्लब विश्वकै सबैभन्दा ठुलो अन्तराष्ट्रिय सामाजिक संस्था भएकोले यसको सिद्धान्त अनुसार सामाजिक कार्यहरुमा अझ सक्रिय रुपमा लाग्न २०१९/२० का लागि चयन भएका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको थियो । सो कार्यक्रममा वर्ष २०१९/२० का लागि चयन भएका डिष्ट्रिक गभर्नर लायन अनुप पहाडी, फस्ट भि.डि.जी. लायन शम्भु नकर्मी, डिष्ट्रिक चिफ एडभाईजर डिएन अग्रवाल, आर.एस.महतो, कार्यकारी सचिव अनिशा शर्मा लगायतले सहभागी पदाधिकारीहरुलाई आगामी कार्यकालको लागि क्लब संचालन तथा नेतृत्व विकास सम्बन्धी सुझावहरु दिनुभएको थियो । कार्यक्रममा लायन्स क्लबका सिनियर डिष्ट्रिक एडभाईजर, एम्बेस्डर अफ गर्भनर, रिजन चेयर पर्सन, जोन चयर पर्सन लगायत एरिया नम्बर २ अन्तरगतका अध्यक्ष तथा पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण जोन चेयर पर्सन लायन विजया ओझैया र ध्वाजाको अभिवादन पि.एम.जे.एफ.लायन उमेश शर्माले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.