Ultimate magazine theme for WordPress.

लागु औषध गाजा बोकेको ट्रक सशस्त्र प्रहरीको फान्दामा

85

पर्सा, २७ मंसिर / भारी मात्रामा लागु औैषध गाजा बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । नेपालबाट भारततर्फ लागु औैषध गाजाको कारोवार तिब्र रुपले अगाडी बढेको बिशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारी मात्रामा लागु औषध गाजा बोकेको ट्रकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको सशस्त्र प्रहरीको टोलीले पर्सा जिल्लाको ठोरी गाउपालिका वडा नम्बर ३ स्थित ठुटेखोला ईलाकाबाट सोमवार करीब ३ सय ६३ किलोग्राम लागु औषध गाजा सहित ट्रकलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जादै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग गरी २२ वटा कार्टुनमा प्याक गरी लागु औषध गाजा गइरहेको बिशेष सुचना पाउना साथ खटिएको सशस्त्र प्रहरी गाजा र ट्रकलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको लागु औषध गाजा सहित ट्रकलाई अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.