Ultimate magazine theme for WordPress.

लागु औषध इन्जेक्सन सहित दुई जना पक्राउ

105

वीरगंज, १३ कार्तिक ÷ जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले लागु औषध ईन्जेक्सन सहित दुई जनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट नेपाल भित्रिने सवारी साधन तथा पैदल यात्रीलाई चेक जाच गरिरहेकै क्रममा लागु औषध ईन्जेक्सन सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चौकमा खटिएको चेकजाच प्रहरी टोलीले पैदल नेपालतर्फ आइरहेको दुई जनालाई शंका लागि चेकजाच गर्ने बेलामा बरामद भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको दुई जनाको साथमा रहेको डाइजेल्याब १०० पिस, फेनारगन १०० पिस र नुरफिन १०० पिस सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्ला भुकन्डेवेशी नगरपालिका वडा नं. ३ बस्ने दोर्जे लामाको २५ बर्षिय छोरा बुद्ध लामा र पाचथर जिल्ला फिदिम नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर बुढाथोकीको २८ बर्षिय छोरा कुमार बुढाथोकी रहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको दुई जना माथि लागु औषध शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.