Ultimate magazine theme for WordPress.

रोटी बेटी सम्बन्ध प्रगाढ बनाउन निरन्तर शेख मुन्नाको पदयात्रा

96

उमेश दुबे
पर्सा, ९ भदौ / नेपाल र भारत बिच रहेको सम्बन्ध अटुट बनाउन पैदल यात्रामा निस्केका शेख मुन्नाको आज १८ औं दिन पुरा भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी शेख मुन्नाले नेपाल र भारत बिचको रोटी बेटी सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यले वीरगंजदेखी भारतको राजधानी दिल्लीसम्मका लागी पदयात्रा जारी गर्नु भएको हो ।
वीरगंजदेखी प्रारम्भ गर्नु भएको पदयात्राले आज मात्र ९२ किलोमिटर दिल्ली पुग्न बाकी रहेको बिषयमा समाजिक संजाल फेसबुक मार्फत उहाले आफ्नो नेपाली नागरिकलाई जानकारी गराएका छन । उहाले यस जन गुनासो अनलाइन संग कुरा गर्दै पदयात्रामा भएको कठिनाई लगायत भारतीय प्रहरीले गरेको सहयोगको बिषयमा चर्चा गर्नु हुदै नेपाल भारतको सम्बन्धमा कुरा गर्ने बताउनु भयो ।
शेख मुन्नाले दिल्ली पुग्न अझ केही दिन लाग्न सक्ने बताउदै आफ्नो देशवासीका लागी पदयात्रा जारी नै राखेको बताउनु भयो । दुई देश बिचको रोटी बेटी सम्बन्धलाई धमिलो बनाउन केही तत्वहरु लागेको कारण बाध्य भएर आफ्नो पद यात्रा जारी गरेको उनले बताए । शेख मुन्नाका अनुसार आफु वीरगंजवासी भएका कारण स्थानीय मिडिया तथा केन्द्रिय मिडियाले यस बिषयमा उठान गर्न नसकेको बताउदै दुखेसो पोख्नु भयो । आफ्नो राष्ट्रको हितको निम्ति, मुलुकको निम्ति तथा नेपाली जनताको निम्ति गरिएको पद यात्रामा मिडियाले सहयोग गर्नु पर्ने हो तर चाहे जस्तो सहयोग नपाएको कारण आफु दुखित महसुस गरिरहेको समेत बताउनु भयो ।
भारतको राजधानी दिल्ली पुगेर नेपाल भारत रोटी बेटी सम्बन्धको बिषयमा कुरा उठान गर्ने समेत शेख मुन्नाले बताउनु भयो । उहाले चालेको कदम सराहनीय रहेको भन्दै नेपाली युवाहरुले समाजिक संजालमा प्रशंसा समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.