Ultimate magazine theme for WordPress.

रुस्लान दशौं सिमरा गोल्डकप ः आर्मीद्वारा एपिएफ ४–२ गोल अन्तरले पराजित

415

बारा , ६ माघ /
विभागीय टिम सशस्त्र प्रहरीको एपिएफलाई ४–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब दशौं संस्करणको सिमरा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आईतवार बाराको सिमरा रंगशालामा भएको विभागीय भिडन्तमा आर्मीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो ।
आर्मीलाई जित दिलाउँन टंक बस्नेतले दुई गोल गरेका थिए । यस्तै दिपक गुरुङ र सुदिल राईले एक एक गोल गरेका थिए । एपीएफका राजन गुरुङ र आशिष लामाले एक एक गोल गरे ।
सिमरा रंगशालामा खेलको ३१ औं मिनेंटमा राजनको गोलबाट एपिएफले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४३ औं मिनेंटमा आर्मीको तर्फबाट टंकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर , देलको ४७ औं मिनेंटमा आशिषले गोल गर्दै एपिएफले पुन ः २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा आर्मीले एक तर्फी खेल खेल्दै जित निकाल्यो । ७३ औं मिनेंटमा आर्मीका दिपकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यस्तै ८६ औं मिनेंटमा सुदिलले गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए ।
त्यस पछि खेलको ईन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–२ को जित दिलाए ।
खेलमा आर्मीका दिपक गुरुङ्ग म्यान अफदि म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरेका छन् ।
अब आर्मीले फाईनल प्रवेशका लागि आयोजक नव जन जागृति क्लब र मकवानपुर–११ बिचको विजेतासँग खेल्ने छ ।
नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।
सोमवारको खेल नेपाल पुलिस र हिमालयन शेर्पा बिच हुँने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.