Ultimate magazine theme for WordPress.

राष्ट्रियता बचाउने सिमावासी नेपाली नागरिक हुनः मन्त्री खाँड

63

भैरहवा, पुस १७:रक्षा मन्त्री वालकृष्ण खाँडले सिमाभूमीको रक्षा सिमावासी नेपाली नागरिकले नै गरेको दावी गरेका छन् । नेपाली काँग्रेस रुपन्देही जिल्ला कार्यसमितिद्धारा भैरहवामा आयोजित राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा ४०औं विपि चिन्तन सभामा रक्षा मन्त्री खाँडले उक्त कुरा बताएका हुन ।

नेपालको राष्ट्रियताको सम्वद्र्धन कुनै दल विशेषले मात्रै गर्न नसक्ने बताउदैं रक्षा मन्त्री खाँडले सिमा र भूगोलको रक्षा गर्नु हामी सवै नेपालीको परम धर्म भएको उनले औल्याए ।
‘तराईवासीले दसगजामा वसेर तराईको, हिमालवासीले हिमालको रक्षा गरेका छन् । स्थानीयले नै लडेर सीमा एवं आफनो भूमिको रक्षा गरेका छन् । नेपाल भित्र रहेका हामी सवै राष्ट्रवादी हो ।’ उनले भने । राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम पनि हाम्रै हातमा रहेको उनले वताए ।

रुपन्देही क्षेत्र नं. ३ का सांसद एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता खाँडले लोकतन्त्रको पक्षधर नेपाली काँग्रेस शक्तिको स्रोत नेपाली जनता ठानेको वताउदैं कम्युनिष्टहरु पार्टी हेडक्वाटरलाई शक्ति केन्द्रका रुपमा लिएर चल्दा मुलुकमा अप्राकृतिक द्वन्द्व सिर्जना भएको आरोप लगाए ।

मधेसवादी दलहरुले गरेको आन्दोलनलाई नेपाली काँग्रेसले गहिरो रुपमा बुझेको वताउदैं उनले हिमाल, पहाड, तराई जहा जुनसुकै भूगोल वसेका सवै वर्ग समुदायका जनताको भावनाको उच्च समान गर्दै पार्टीले अधिकतम सहमति जुटाएर अगाडी बढ्दै गरेको बताए ।

‘अधिकतम सहमतिमा संविधान जारी गरेको र अब पनि संविधान संशोधन अधिकतम सहमतिमा नैं गरिनेछ ।’ उनले भने । नेपाली काँग्रेस केन्द्रमा रही सवै राजनैतिक दलहरुलाई मिलाएर लैजादा पार्टीलाई घाटा भएरपनि हरेक कालखण्डमा धेरै चुनौतीहरुको समाना गर्नु परिरहेको उनको कथन थियो ।
राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा आयोजित उक्त चिन्तन सभामा नेपाली काँग्रेस जिल्ला सभापति एवं सांसद अव्दुल रज्जाकले पार्टीले संविधान संशोधन प्रस्ताव पास गरी मधेशवादी दलहरुलाई लिएर पुरानै संरचनामा स्थानिय गाविस नगरपालिकाको चुनाव गर्नुपर्नेमा जोड दिए ।

 

Leave A Reply

Your email address will not be published.