Ultimate magazine theme for WordPress.

राप्रपामा जब कमल थापा हाबी भए

56

काठमाडौं, १ फागुन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको संघारमा रहेको छ । राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टी एकताको घोषणा गरिएको थियो ।

पार्टी एकता घोषणासँगै एकतापछिको राप्रपा अध्यक्ष कमल थापा भए भने राष्ट्रिय अध्यक्षमा पशुपति शम्शेर राणा भए । पार्टी एकता अघि नै भएको सहमतिअनुसार आलोपालो प्रणालीमा अहिले डा. प्रकाशचन्द्र लोहनी राणापछिको राष्ट्रिय अध्यक्ष छन् ।

पूर्व राप्रपाको आलोपालो प्रणाली कायम रहे पनि पार्टी अध्यक्ष भने कमल थापा नै छन् । थापा अहिले मात्र होइन, महाधिवेशनबाट पनि अध्यक्ष हुने सम्भावना उत्तिकै छन् । थापा पार्टीमा यति हावी हुँदै गएका छन् कि, पार्टीको आर्थिक प्रतिवेदनको जिम्मा राष्ट्रिय अध्यक्षलाई दिएर आफूले राजनीतिक प्रतिवेदन तयार पार्दैछन् । पार्टी केन्द्रीय कार्य समिति बैठकबाटै पारित गराएर थापाले उक्त जिम्मेवारी लिएका छन् ।

हिन्दु राष्ट्रको एजेण्डामा एकमत भएको भन्दै पूर्वपञ्चहरु एक भएका थिए । तर राजसंस्थाकोबारेमा भने थापा र राणा समूहबीच फरक मत कायमै छ । राणा समूह अब राजसंस्थाको एजेण्डा बोक्न नसक्ने बताउँछन् भने थापा समूह राजसंस्थाको विकल्प अहिले नै खोज्न नसकिने तर्क गर्छन् ।

हिन्दु राष्ट्रमा एकमत भए पनि राजसंस्थाबारे भने महाधिवेशनबाट टुंगो लगाउने निश्कर्षमा नै पार्टी एकता घोषणा गरिए पनि थापा समूह हावी हुँदा पूर्वपञ्चहरु राजसंस्थाको एजेण्डाबाट टाढा नहुने संकेत गरेका छन् । दस्तावेज लेख्ने जिम्मा पाएका अध्यक्ष थापाले सार्वजनिक कार्यक्रममा नै आगामी महाधिवेशनबाट राजसंस्थाको एजेण्डा पनि पारित हुने बताएका छन् । हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ दुई पार्टी एक भएका थिए ।

महाधिवेशनअघि भएको क्षेत्रीय तथा जिल्ला अधिवेशनबाट पनि थापा पक्ष हावी भएको बताइएको छ । थापा पक्ष हावी भएपछि हिन्दु राज्यका र राजसंस्था पार्टीको एजेण्डा बन्ने बताएइएको छ । नयाँ संविधान घोषणा हुने क्रममा राप्रपाले धर्मरिरपेक्षता स्वीकारेको थियो भने राप्रपा नेपालले गणतान्त्रिक आन्दोलनदेखि नै हिन्दु धर्मको वकालत गर्दै आएको थियो ।

Leave A Reply

Your email address will not be published.